Responsive image

अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान पुन: सञ्चालन

राम खत्री / पत्रालय दैनिक/ २०७९-११-१९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा घण्टा अवरूद्ध भएको उडान सेवा अहिले नियमित सञ्चालन भइरहेको छ।

‘अध्यागमनको सर्भर डाउन हुँदा सवा घण्टा उडान सेवा प्रभावित भएको थियो। दिउँसो २ः३५ देखि नियमित उडान भइरहेको छ’, उनले भने।

अन्तर्राष्ट्रिय उडानका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो।

उडान अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए। यसअघि पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक–पटक अवरूद्ध हुँदै आएको छ।

Comments
No comments were found.
Leave a Comment

आर्थिक क्षेत्रसम्बन्धी उल्लेख गरिएका ६३ बुँदामध्ये ३६ को काम शून्य

करुणा घिमिरे

नेपालमा सुन्रा ब्रान्डको दुई विद्युतीय स्कुटर सार्वजनिक, यस्ता छन् विशेषता

करुणा घिमिरे

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा दामोदर नेपाल निर्वाचित

करुणा घिमिरे

वर्षमा कति खर्च गर्छन् स्थानीय तहहरूले?

करुणा घिमिरे

ऋण नतिर्ने अभियानले डुब्न सक्छ अर्थतन्त्र'

करुणा घिमिरे

पर्यटनमन्त्रीको प्रश्न- विमानस्थल किन नागरिकको पहुँचमा भएन?

करुणा घिमिरे

भिडियो

Ads Image