Responsive image

रासायनिक मल किन्न थप ७ अर्ब ५० करोड रूपैयाँको स्रोत सुनिश्चित

युबराज बुढाथोकी / पत्रालय दैनिक/ २०७९-११-१९

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रूपैयाँको स्रोत सुनिश्चित गरेको छ।

रासायनिक मल खरिदका लागि कृषि तथा पशुपंछी विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो।

स्रोत सुनिश्चितमध्ये २ अर्ब ४० करोड रूपैयाँ कृषि तथा पशुपंछी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ। 

२ अर्ब ६० करोड रूपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ।

रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। 

रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो। कृषि तथा पशुपंछी विकास मन्त्रालयको माग अनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको हो।  

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने सम्बन्धी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपंछी विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गरेका थिए।

सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउँदै अबिलम्ब आवश्यक प्रकृया सुरू गर्न आग्रह गरेका थिए।

Comments
No comments were found.
Leave a Comment

आर्थिक क्षेत्रसम्बन्धी उल्लेख गरिएका ६३ बुँदामध्ये ३६ को काम शून्य

करुणा घिमिरे

नेपालमा सुन्रा ब्रान्डको दुई विद्युतीय स्कुटर सार्वजनिक, यस्ता छन् विशेषता

करुणा घिमिरे

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा दामोदर नेपाल निर्वाचित

करुणा घिमिरे

वर्षमा कति खर्च गर्छन् स्थानीय तहहरूले?

करुणा घिमिरे

ऋण नतिर्ने अभियानले डुब्न सक्छ अर्थतन्त्र'

करुणा घिमिरे

पर्यटनमन्त्रीको प्रश्न- विमानस्थल किन नागरिकको पहुँचमा भएन?

करुणा घिमिरे

भिडियो

Ads Image