Responsive image

आयात १९ प्रतिशतले घट्दा पनि सवा आठ खर्बको व्यापार घाटा

युबराज बुढाथोकी / पत्रालय दैनिक/ २०७९-११-१९

चालु आर्थिक वर्ष २०७९/८० को सात महिना (साउन–माघ) मा १९.९० प्रतिशतले आयात घटेको छ। 

गत आर्थिक वर्ष २०७८/७९ साउनदेखि माघसम्मा ११ खर्ब ४७ खर्ब रूपैयाँ बराबरको आयात भएको थियो।

चालु आर्थिक वर्षको सोही अवधिमा नौ खर्ब १९ अर्ब रूपैयाँ बराबरको सामान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

तथ्यांक अनुसार निर्यातमा पनि २९.०३ प्रतिशतले कमी आएको छ।

गत आर्थिक वर्षको साउनदेखि माघसम्ममा एक खर्ब ३१ अर्ब रूपैयाँ बराबरको सामान निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९३ अर्ब ४३ करोड रूपैयाँ बराबरको सामान निर्यात भएको छ।

गत वर्षको तुलनामा व्यापार घाटा पनि १८ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि माघसम्ममा १० खर्ब १५ अर्ब रूपैयाँ बराबरको व्यापार घाटा भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा आठ खर्ब २५ अर्ब रूपैयाँ भएको छ।

सो अवधिमा विभिन्न देशसँगको कुल व्यापार १० खर्ब १२ अर्ब ५९ करोड रूपैयाँको छ।

माघ महिनामा ७ महिना यताकै उच्च आयात भएको छ।

गत साउनमा १ खर्ब ३१ अर्ब, भदाैमा १ खर्ब ४२ अर्ब, असोजमा १ खर्ब २७ अर्ब, कात्तिकमा १ खर्ब ३१ अर्ब, मंसिरमा १ खर्ब ३२ अर्ब र पुसमा १२७ अर्बको आयात भएको थियो।

यस्तै, माघमा भने १ खर्ब ५६ अर्बको आयात भएको छ।

सरकारले विदेशी मुद्राको सञ्चिती घटेको भनेर गत वैशाखदेखि लगाएका कतिपय वस्तुको आयात प्रतिवन्ध गत पुस १ बाट खुला गरेको थियो।

Comments
No comments were found.
Leave a Comment

आर्थिक क्षेत्रसम्बन्धी उल्लेख गरिएका ६३ बुँदामध्ये ३६ को काम शून्य

करुणा घिमिरे

नेपालमा सुन्रा ब्रान्डको दुई विद्युतीय स्कुटर सार्वजनिक, यस्ता छन् विशेषता

करुणा घिमिरे

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा दामोदर नेपाल निर्वाचित

करुणा घिमिरे

वर्षमा कति खर्च गर्छन् स्थानीय तहहरूले?

करुणा घिमिरे

ऋण नतिर्ने अभियानले डुब्न सक्छ अर्थतन्त्र'

करुणा घिमिरे

पर्यटनमन्त्रीको प्रश्न- विमानस्थल किन नागरिकको पहुँचमा भएन?

करुणा घिमिरे

भिडियो

Ads Image